scheduleबुधवार मंसिर १० गते, २०७७

गण्डकी प्रदेशमा शुक्रबार विहानै थपिए ९८ संक्रमित, पोखराका मात्रै ६० जना

पोखरा, १४ कात्तिक । गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहानसम्म गराएको जानकारी अनुसार ७ जिल्लाका गरी ९८ जना संक्रमित थपिएका हुन् ।

चितवन मेडिकल कलेज भरतपुर, क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर डाइगनोस्टिक पोखरामा गरिएको परीक्षणमा ती व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै प्रदेशको राजधानी पोखराका छन् । पोखराका मात्रै ६० जनामा संक्रमण देखिएको छ जसमध्ये २० जनाको वडा नै खुलेको छैन । पछिल्लो समय संक्रमणको दर बढिरहेको पोखरामा सक्रिय संक्रमित नै १००० नाघिसकेका छन् ।

अन्य संक्रमितहरुमा नवलपरासी पूर्वका २२ जना, तनहुँका ८ जना, स्याङ्जाका ३ जना, गोरखा र लमजुङका २-२ जना तथा पर्वतका १ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ७ हजार १४५ पुगेको छ । हालसम्म ४ हजार १४६ जना निको भएका छन् भने ७३ जनाको संक्रमणका कारण ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या २ हजार ८२९ रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay