scheduleसोमवारमाघ १२ गते, २०७७

सहिमाको ‘ओक्कल दोक्कल’ युट्युबको एक नम्बर ट्रेन्डिङ (भिडियोसहित)

काठमाडौं, १४ कात्तिक । चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित ‘ओक्कल दोक्कल’ को म्युजिक भिडियो युट्युब नं. १ ट्रेण्डिङमा परेको छ ।

भिडियो सार्वजनिक भएको छोटो समयमा लाखौं दर्शक श्रोताहरुको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन् । नेपालदेखि विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सँधै व्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहिनँ ।

दर्जनौं चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा र गायक सन्दिप न्यौपाने पछिल्लो समय चर्चामा रहेका छन् । बालापनको यादलाई ताजा गराउँदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन भिडियो रिलिज गरेका हुन् ।

गायक सन्दिप न्यौपानेको शब्द तथा गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार पवन सुसलिङले छायांकन गरेका हुन् भने सरोज अधिकारिले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay