scheduleशुक्रवार मंसिर १९ गते, २०७७

जिम्बाबेविरुद्धको पहिलो एकदिवसीयमा पाकिस्तानको जीत, शाहीनले लिए पाँच विकेट

काठमाडौं, १४ कात्तिक । पाकिस्तान भ्रमणमा रहेको जिम्बाबे पहिलो एकदिवसीय खेलमा पराजित भएको छ । रावलपिन्डीमा भएको खेलमा पाकिस्तानले जिम्बाबेलाई २६ रनले हराएको हो ।

पाकिस्तानले दिएको २८२ रनको लक्ष्य पछ्याएको जिम्बाबे ४९ दशमलव ४ ओभरमा २५५ रनमा समेटियो । कप्तान ब्रेन्डन टेलरले ११२ रनको शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । वेस्ले मेधेबेरेले ५५ र क्रेग एरभिनले पनि ४१ रन बनाएका थिए । पाकिस्तानका शाहीन अफ्रिदीले ५ विकेट लिए । यस्तै वाहब रियाजले ४ र इमाद वासिमले १ विकेट लिए ।

यसअघि रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएको थियो । उसका लागि ह्‍यारिस सोहेलले ७१ रन बनाए भने इमाम उल हकले ५८ रनको योगदान दिए । त्यसैगरी इमाद वासिम ३४ रनमा नटआउट रहे । जिम्बाबेका मुजाराबानी र तेन्डाइ चिसोरोले २-२ विकेट लिए भने सिकन्दर राजा र मुम्बाले १-१ विकेट लिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay