scheduleमगलवार मंसिर १६ गते, २०७७

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

प्रतिकात्मक तस्बिर

पोखरा, १४ कात्तिक । म्याग्दीमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । ठाँडाखनीबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ८९६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको हो । मृतक अन्नपूर्ण गाउँपालिका-२ तातोपानीकी अन्दाजी १०-१२ वर्षीया रिया विक रहेको प्रहरीले जनाएको छ ।

चालकसहित तीनजना घाइतेको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ ।

अन्य घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे गप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay