scheduleबुधवार मंसिर १० गते, २०७७

शुक्रबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

शुक्रबारसम्म २ हजार ६६६ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३८ हजार ३५७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ९८९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १४ लाख ३४ हजार ५३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९२० पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay