scheduleबुधवार मंसिर १० गते, २०७७

पैगम्बर मोहम्मदको १४९१ औं जन्म जयन्ति मनाइयो

सप्तरी, १४ कात्तिक । सप्तरीमा इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ति शुक्रबार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विविध कार्यक्रमको आयोजना गरि मुश्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ति मनाएका हुन् ।

मोहम्मद जयन्ती मनाउन प्रदेश २ सरकारले शुक्रबार प्रदेश भरि सार्वजनिक विदा दिएको छ । सप्तरी सदरमुकाम राजविराजमा रहेका विभिन्न मुश्लिम संघ संस्थाको अगुवाईमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ बजार क्षेत्रमा र्‍याली निकालिएको थियो ।

र्‍यालीमा बालबालिका र यूवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा मौलाना मोहम्मद इमामले मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिए । उनले हरेक धर्म, संस्कृति र भाषाको समृद्धी, संरक्षण र विकासका लागि प्रदेश २ सरकारले देखाएको सक्रियता प्रशंसनीय रहेको उनको भनाई छ ।

इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । सोही दिन उनको सम्झनामा प्रत्येक वर्ष मुश्लिम समुदायले विविध कार्यक्रमको आयोजना गरि मोहम्मद जयन्ती मनाउने गरेका हुन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay