scheduleसोमवार मंसिर १५ गते, २०७७

कस्मिरमा भाजपाका तीन कार्यकर्ताको हत्या, मोदीद्वारा भर्त्सना

काठमाडाैं, १४ कात्तिक । कस्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका तीन कार्यकर्ताको हत्या भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सो हत्याको भर्त्सना गरेका छन् ।

बिहीबार आक्रमणकारीहरुले कश्मीर उपत्यकाको कुलगाम जिल्लामा कारमा यात्रा गरिरहेका तीनजनामाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ। हालसम्म कसैले पनि सो हत्याको जिम्मेवारी लिएको छैन । दुई दिनअघि मात्र नयाँ

दिल्लीले हरेक भारतीय नागरिकले कस्मिरको जमिन किन्न पाउने कानुन लागू गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay