scheduleबुधवार मंसिर १० गते, २०७७

पोखरामा शुक्रबार अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिए

पोखरा, १४ कात्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा एकैदिन हालसम्मकै सर्वाधिक संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार पोखरामा मात्रै १८२ जनामा संक्रमण देखिएको छ । कास्की नै ठेगाना भएका अर्का एकजनाको भने पालिका खुलेको छैन ।

पछिल्लो समय पोखरामा संक्रमणको दर ह्‍वात्तै बढेको छ । यसैकारण पोखरा कोरोनाको हटस्पट बनिसकेको छ ।

कास्कीमा सक्रिय संक्रमितको संख्या १५०० नाघिसकेको छ जसमध्ये ९५ प्रतिशतभन्दा बढी पोखराकै छन् ।

चाडबाडको रौनक सुरु हुनुपूर्वदेखि नै मानिसहरुको चहलपहल एवम् भीडभाड भएको पोखरामा चाडबाडको समयमा थप भीडभाड बढेको थियो । त्यसैकारण पनि संक्रमणको दर ह्‍वात्तै बढेको हो ।

पोखरा मात्र नभएर गण्डकीमै शुक्रबार हालसम्मकै सर्वाधिक २६९ संक्रमित थपिएका छन् । कास्कीका १८३ सहित नवलपरासी पूर्वका २७ जना, तनहुँका २१ जना, पर्वतका १० जना, बाग्लुङका ९ जना, स्याङ्जाका ७ जना, लमजुङ म्याग्दी र गोरखाका ४-४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ७ हजार ३१६ पुगेको छ जसमध्ये ४ हजार २२१ जना निको भएका छन् । सक्रिय संक्रमित ३ हजार २० रहँदा ७५ जनाको ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay