scheduleबुधवार मंसिर १७ गते, २०७७

क्रिस गेल शतकबाट एक रनले चुके, पञ्‍जाबद्वारा राजस्थानसामू १८६ रनको लक्ष्य

काठमाडौं, १४ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रबार बेलुका किङ्गस इलाभेन पञ्‍जाब र राजस्थान रोयल्स खेलिरहेका छन् छन् ।

अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्‍जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको छ । पञ्‍जाबका क्रिस गेल शतक प्रहार गर्नबाट मात्र १ रनले चुकेका थिए । दोस्रो ओभरमा ब्याटिङ गर्न आएर २०औं ओभरको चौथो बलमा आउट हुनुपूर्व ६३ बल खेलेका गेलले ६ चौका र ८ छक्काको मद्दतले ९९ रन बनाए ।

क्रिस गेल आइपिएलमा शतकबाट एक रनले चुकेको यो दोस्रोपटक हो । यसअघि सन् २०१९ मा रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेलमा गेल ९९ रनमा नटआउट रहेका थिए । यद्यपि उनले आइपिएलमा हालसम्म ६ पटक शतक प्रहार गरेका छन् ।

त्यसैगरी कप्तान केएल राहुलले ४६ रन बनाए भने निकोलस पूरनले २२ रनको योगदान दिए । राजस्थानका जोफ्रा आर्चर र बेन स्टोक्सले २ २ विकेट लिए ।

१८६ रनको लक्ष्य पछ्याउन राजस्थान केहीबेरमा ब्याटिङमा उत्रँदै छ ।

अन्तिम अपडेट: शुक्रबार ९:४७ बजे

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay