scheduleबुधवार मंसिर १० गते, २०७७

आइपिएलमा राजस्थानले पञ्‍जाबलाई हरायो, प्लेअफ दौड थप रोचक बन्दै

काठमाडौं, १५ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा राजस्थान रोयल्सले जीत हात पारेको छ । प्रतियोगितामा  छैटौं जीत दर्ता गर्ने क्रममा उसले किङ्स इलाभेन पञ्जाबलाई ७ विकेटले पराजित गर्‍यो ।

पञ्‍जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि बेन स्टोक्सले ५० रन बनाए भने सन्जु सामसनले ४८ स्टिभ समिथले नटआउट ३१ रबिन उथप्पाले ३० र जस बटलरले २२ रनको योगदान दिए । पञ्जाबका क्रिस जोर्डन र मुरुगन आश्विनले १-१ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्‍जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो । पञ्‍जाबका क्रिस गेल शतक प्रहार गर्नबाट मात्र १ रनले चुकेका थिए । दोस्रो ओभरमा ब्याटिङ गर्न आएर २०औं ओभरको चौथो बलमा आउट हुनुपूर्व ६३ बल खेलेका गेलले ६ चौका र ८ छक्काको मद्दतले ९९ रन बनाए । त्यसैगरी कप्तान केएल राहुलले ४६ रन बनाए भने निकोलस पूरनले २२ रनको योगदान दिए । राजस्थानका जोफ्रा आर्चर र बेन स्टोक्सले २ २ विकेट लिए ।

जीतसँगै १३ खेलबाट १३ अंक जोडेको राजस्थान अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पञ्जाबको पनि १३ अंक नै छ तर नेटरनरेटका आधारमा चौथो स्थानमै यथावत् छ ।

प्लेअफमा पुग्‍ने एक टोलीको टुंगो लागिसकेको छ । मुम्बई इन्डियन्स प्लेअफका लागि छनौट हुँदा चेन्‍नई प्रतियोगिताबाट बाहिरिसकेको छ । अब बाँकी ६ टोलीहरुका बीचमा दोस्रो, तेस्रो र चौथो स्थानको लागि रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay