scheduleशनिवार मंसिर २० गते, २०७७

टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी, १५ कात्तिक । टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ग्रीक टापु सामोसभन्दा उत्तरमा रहेको टर्कीको एजियन तटमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजिएस)ले जनाएको छ ।

यसको धक्का ग्रीसको एथेन्स र टर्कीको इस्तान्बुलसम्म महसुस भएको थियो । ​यूएसजिएसले ७ रेक्टर स्केलको भूकम्प गएको दाबी गरे पनि टर्कीले भने म्याग्‍निट्युड ६ दशमलब ६ रेक्टर स्केलको भएको बताएको छ ।

भूकम्पका कारण हालसम्म टर्कीको इजमिर प्रान्तमा २० र सामोसमा दुई गरेर २२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पले घर भत्किएर करिब आठ सय जना घाइते भएका छन् । भूकम्पपछि आएको सुनामीका कारण इजमिर र सामोसमा बाढी आएको छ । प्रभावित क्षेत्रमा अहिले खोजी तथा उद्धारको काम भइरहेको बीबीसीले जनाएको छ ।

भूकम्पपछि ग्रीसको सामोन टापुमा सानो सुनामी नै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay