scheduleबुधवार मंसिर १० गते, २०७७

‘कोरोनाको लक्षण देखियो, तत्काल पिसिआर परीक्षण गराउनुहोस्’

काठमाडौं, १५ कात्तिक । सरकार तीव्र बनिरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीति तय गर्न अलमलिएको छ । पछिल्लो समय सरकार नै मृतकको संख्या लुकाउन लागेको तथ्यहरु प्रदेशका सामाजिक विकास मन्त्रालय र अन्य तथ्यांकहरुबाट पुष्टि भएको छ ।

यही बेला जाडो पनि बढ्दैछ । कोरोना परीक्षण सशुल्क भएपछि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा घटिरहेको छ । यस्तो बेला सामान्य लक्षण देखिए पनि कोरोना परीक्षण गराउन विज्ञहरुले अनुरोध गरेका छन् ।

कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गर्दा विशेषज्ञ चिकित्सकहरूले कोरोनाका लक्षण देखिएमा तत्काल पिसिआर परीक्षण गर्न अनुरोध गरेका हुन् । सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिए तत्कालै पिसिआर परीक्षण गर्न सुझाव दिन्छन् ।

सुवेदीले कोरोना जस्ता लक्षण देखिए पिसिआर परीक्षणमा ढिला गर्न नहुने सुझाव दिए । डा.सुवेदीले सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइने हुनाले समयमै पिसिआर जाँच गराउनुपर्ने पनि बताए । उनले समयमै पिसिआर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना बढी हुने भएकाले रोगको निदान गर्न पनि सहज हुने पनि उल्लेख गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay