scheduleबुधवार मंसिर १० गते, २०७७

अमेरिकामा कोरोना सङ्क्रमणको दरमा फेरि वृद्धि, एकैदिन ९० हजार नयाँ सङ्क्रमित थपिए

काठमाडाैं, १५ कात्तिक ।  अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण पुनः तीव्र गतिमा बढ्न थालेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार पछिल्लो २४ घन्टामा ९० हजार १ सय ५५ जनामा सङ्क्रमण पुष्टि भयो भने एक हजार ५५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको हो ।

पछिल्लो एक हप्तामा चार दिन ८० हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । अमेरिकाभर पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ । अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या ९० लाख नाघेको छ । मात्रै १४ दिनमा १० लाख सङ्क्रमित थपिएका छन् ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या ९० लाख ३४ हजार तथा मृत्यु हुनेको सङ्ख्या दुई लाख २९ हजार पाँच सय पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay