scheduleमगलवार मंसिर १६ गते, २०७७

मेलम्ची खानेपानी आयोजना निर्माणको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं, १५ कात्तिक । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ ।

प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिका अनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिनेछ । अर्थात् २०७८ वैशाख २ गतेसम्म आयोजना निर्माणको सबै काम सकाउने गरी सरकारले योजना बनाएको छ ।

यसअघि दसैंसम्म काठमाडौंबासीलाई मेलम्चिको पानी खुवाइने बताईएको थियो । खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलन मार्फत श्वेतपत्र जारी गरेर मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने बताएकी थिइन् । तर, यो आयोजना कोभिड–१९ को कारण देखाएर पछि धकेलिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay