scheduleशनिवार मंसिर २० गते, २०७७

बडादशैं सकिएसँगै गरियो जमरा विसर्जन

काठमाडाैं, १५ कात्तिक । नेपालीहरुले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात बडादशैं सकिएसँगै शनिबार जमरा विसर्जन गरिएको छ ।

घटस्थापनाको दिन दशैंघरमा राखिएको जमरा दशैं सकिएसँगै शनिबार विसर्जन गरिएको हो । भक्तपुरको ब्रम्ह्रायणी दुर्गापिठ, दशैं घर तथा मानिसहरुको घरघरमा राखिएको जमरा शनिबार पूजाआराधना गरी नदि, तलाउ तथा खोलामा लगि विसर्जन गरिएको छ ।

शुल्क पूर्णिमाको दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्न गरी देवी महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई विदा गरीएको थियो । यसवर्ष कोजाग्रत पूर्णिमा शुक्रबार परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । जमरा विसर्जन गरेसँगै दशैंको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि पूर्णिमादेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ ।

यसैबीच नेपाली सेनाले घटस्थापनाको दिन दशैंघरमा राखेको जमरा शनिबार सलामी अर्पण गरी विसर्जन गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay