scheduleबुधवार मंसिर १७ गते, २०७७

आइपिएल क्रिकेट: दिल्लीको १३औं खेलमा पनि सन्दीप बेन्चमै

काठमाडौं, १५ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

दुबईमा मुम्बईका निमित्त कप्तान कायरन पोलार्डे टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली केहीबेरमा ब्याटिङमा उत्रँदै छ ।

यद्यपि हालसम्म दिल्लीले खेलेका १२ वटै खेलमा मौका नपाएका सन्दीप १३औं खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले तीन परिवर्तन गरेको भएपनि सन्दीपले भने मौका पाएनन् ।

प्रतियोगताको पहिलो हाफमै चोटग्रस्त भएका अमित मिश्राको ठाउँमा ल्याइएका प्रविण दुबेले भने मौका पाएका छन् । उनको यो आइपिएलमा डेब्यु खेल हुनेछ । त्यसैगरी हर्षल पटेल र पृथ्वी श पनि टोलीमा फर्किएका छन् । अक्षर पटेल, अजिन्क्या रहाणे र तुषार देशपाण्डेलाई बाहिर राखिएको छ ।

दिल्लीले हालसम्म खेलेका १२ खेलमध्ये ७ मा जीत हात पारेको छ भने ५ मा पराजित भएको छ । त्यसैगरी मुम्बईले समान खेलमा ८ जीत निकाल्दा ४ खेलमा हार व्यहोरेको छ ।

आजको खेलमा दिल्ली विजयी भएमा प्लेअफका लागि छनौट हुने दोस्रो टिम बन्‍ने छ । यसअघि मुम्बई प्लेअफका लागि छनौट भइसकेको छ ।

आजै बेलुका रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद पनि खेल्दै छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay