scheduleबिहिवार मंसिर १८ गते, २०७७

उपत्यकामा जोर बिजोरको नियम उल्लङ्घन गर्नेलाई कारबाही

काठमाडाैं, १५ कात्तिक । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागु गरेको जोर बिजोरको नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार पनि जोर बिजोरको नियम पालना भए वा नभएको अनुगमन गरी नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाले दशैं सकिएसँगै काठमाडौं उपत्यकामा सवारी साधनको चाप पुनः बढ्न थालेपछि जोरविजोरको नियम पालना भए नभएको अनुगमन गरी नियम पालना नगर्नेलाई कारबाही गरेको हो ।

महाशाखाले दैनीक करिव ४ सय भन्दा बढी दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुहरुलाई कारबाही गरेको जनाएको छ । लकडाउन र निषेधाज्ञापछि पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

कोरोना संक्रमणको दर बढ्दै जाँदा निषेधाज्ञा हटाइएपनि संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीलाई कायमै राखेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay