scheduleमगलवार मंसिर १६ गते, २०७७

मुम्बईसामू दिल्लीको कमजोर प्रदर्शन, लगातार चौथो हार व्यहोर्‍यो

काठमाडौं, १५ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्सले सहज जीत हात पारेको छ । प्रतियोगितामा नवौं जीत हात पार्ने क्रममा उसले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गर्‍यो ।

दिल्लीले दिएको १११ रनको सामान्य लक्ष्य मुम्बईले १४ दशमलव २ ओभरमै केवल १ विकेटको क्षतिमा भेट्टाएको थियो । उसका लागि ओपनर इशान किशनले अविजित ७२ रन बनाए भने अर्का ओपनर क्‍विन्टन डिककले २६ रन बनाए । त्यसैगरी सुर्यकुमार यादव १२ रनमा नटआउट रहे ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रनको सामान्य योगफल तयार गरेको थियो । मुम्बईका बलरसामू दिल्लीका कुनैपनि ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए भने रिषभ पन्तले २१ रनको योगदान दिए । मुम्बईका जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले ३-३ विकेट लिँदा राहुल चहर र नेथन कुल्टर नाइलले १-१ विकेट हात पारे ।

जीतसँगै १३ खेलबाट १८ अंक बटुलेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा यथावत् छ भने पराजित दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा छ । दिल्लीको यो लगातार चौथो हार हो । यस हारसँगै दिल्लीको प्लेअफमा पुग्‍ने सम्भावनामा केही धक्का पुगेको छ । अब दिल्लीलाई अन्तिम खेल जित्‍नैपर्ने दबाब रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay