scheduleआइतवारफाल्गुन १६ गते, २०७७

एप डाउनलोड गर्दै हुनुहुन्छ ? अब गुगलको नयाँ फिचर हेर्दै एपहरुको तुलना गर्नुहोस्

काठमाडौं, १६ कात्तिक । अहिले हामी सबैको हातमा स्मार्ट फोन छ । हामी फोन किन्नुअघि विभिन्न फोनहरुबारे जानकारी लिन्छौं र तुलना गर्छौं । तर के हामी त्यसरी मेहनत गरेर किनेको फोनभित्र कुनै एप डाउनलोड गर्दा उक्त एप कस्तो हो भनेर सोच विचार गर्छौं ?

पछिल्लो समय एपहरुको बाढी नै आइरहेको पाइन्छ । तीमध्ये कति त प्रयोगकर्ताले धेरै सावधानी अपनाउने पर्ने प्रकारका हुन्छन् ।

यसरी एपहरुको भीडमा कुन एप कस्तो भनेर सूचना दिने र तुलना गर्ने सुविधा गुगलले थपेको छ । गुगल प्लेले प्ले स्टोरमा तपाईंले डाउनलोड गर्न लागेको एपको तल यस्तो तुलना गर्न मिल्ने कम्पेअर फिचर थपेको हो ।

प्ले स्टोरभित्र तपाईंले छानेको एप तल सिमिलर एप्सको फिचर हुन्छ, जहाँबाट कुन एप कस्तो, प्रयोगकर्ताको प्रतिक्रिया, एपको रिभ्यु आदिको सुविधा यसअघि नै थियो । तर अहिलेसम्म दुई एपबीचको तुलना गर्ने सुविधा थिएन ।

यसरी काम गर्छ नयाँ फिचरले
एप कम्प्यारिजन सेक्सनमा उस्तै उस्तै चर्चित एप्सहरुको लिस्ट देखाइएका हुन्छन् । यसमा अफलाइन प्लेब्याक र कास्टिङ जस्ता तथ्यहरुमाथि आधारित रहेर तुलना गरिएको हुन्छ ।

रिपोर्टका अनुसार अहिलेका लागि यो सुविधा चर्चित केही मिडिया प्लेयर्समा मात्र सीमित छ ।

गुगल प्ले स्टोरको यो फिचर एपको भर्सन २२.४.२८ मा उपलब्ध छ । यो फिचर आएपछि एपको बारेमा धेरै जानकारी र रिभ्युहरु पढ्न पाइन्छ । यसको लागि डेमो लिनु पर्दैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay