scheduleआइतवारफाल्गुन २३ गते, २०७७

ह्वाट्सएपबाट दैनिक १ खर्ब म्यासेज पठाइन्छः मार्क जुकरबर्ग

काठमाडौं, १६ कात्तिक । सामाजिक सञ्जाल फेसबुकको तर्फबाट कयौं म्यासेजिङ एप्स प्रस्ताव गरिन्छ यसमध्ये एक हो ह्वाट्सएप । म्यासेजिङ सर्भिस ह्वाट्सएप संसारको सबैभन्दा धेरै प्रयोग हुने च्याटिङ एप हो र यसले लगातार नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

फेसबुककै स्वामित्वमा रहेको हरेक दिन १ हजार करोडभन्दा धेरै सन्देश आदानप्रदान हुन्छ । यो जानकारी कम्पनीको सीईओ मार्क जुकरवर्गले दिएका हुन् । उनले कम्पनीको चौमासिक आम्दानी सार्वजनिक गर्दै उक्त कुरा पनि जानकारी दिए ।

ह्वाट्सएप पहिलोपटक यो उत्कर्षमा गत वर्ष नयाँ वर्षको पूर्वसन्ध्यामा ३१ डिसेम्बर २०१९ मा पुगेको थियो र अहिले एकपछि अर्को गर्दै नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

जुकरबर्गको भनाईलाई विश्वास गर्ने हो भने ह्वाट्सएप र फेसबुक परिवारका बाँकी एपहरु दैनिक २५० करोडभन्दा धेरै मानिसले प्रयोग गर्छन् ।

स्टाटिस्टाको माध्यमबाट सार्वजनिक गरिएको तथ्यांकका अनुसार अक्टोबर महिनासमम् ह्वाट्सएपको करिब २०० करोड सक्रिय प्रयोगकर्ता थिए, सोही समयसम्म फेसबुक म्यासेन्जरमा १३० करोड प्रयोगकर्ता थिए । यसअघि जनवरी महिनामा एन्ड्रोइड डिभाइसहरुमा ह्वाट्सएपलाई ५०० करोडभन्दा बढी पटक डाउनलोड गरिएको थियो । यसरी ह्वाट्सएप यसरी रेकर्ड बनाउन दोस्रो नन-गुगल एप्लिकेशन बनेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay