चीनमा मर्मत भइरहेको रेलको पुल खस्दा ७ जनाको मृत्यु
बेइजिङ, १७ कात्तिक । उत्तरी चीनको तिआन्जिन प्रान्तमा आइतबार ठूलो दुर्घटना भएको छ । यहाँ रेलवे पुल खस्दा ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
दुर्घटनामा फसेका कयौं मानिसहरुको उद्धार चलिरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
तिआन्जिन प्रान्तको बिन्हाईमा रेलवे पुलको मर्मत चलिरहेको समयमा दुर्घटना भएको हो । बिहान ९ बजे अचानक पुलको एक ठूलो भाग खस्दा त्यहाँ काम गरिरहेका ७ श्रमिकको मृत्यु हुनुका साथै थप ५ घाइते भएका हुन् । स्थानीय अधिकारीका अनुसार ३० मिटर लामो पुलको भाग फुटेको हो ।
तिआन्जिनका प्रशासनिक अधिकारीहरुले घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान गर्न एक अनुसन्धान कमिटी बनेको उनीहरुले जानकारी दिएका छन् ।
सरकारले घाइतेको उपचारको व्यवस्था गरेको छ ।