यस्तो छ धेरै मत ल्याउनेले राष्ट्रपति पद गुमाउनसक्ने अमेरिकाको ‘इलेक्ट्रोरल कलेज’
काठमाडौं, १७ कात्तिक । भोलि अर्थात् नोभेम्बर ३ मा हुने ४६ औं अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । रमाइलो कुरा– अमेरिकी राष्ट्रपति निर्वाचन प्रणालीअनुसार धेरै भोट ल्याउने उम्मेद्वार हार्न र कम भोट ल्याउने उम्मेद्वारले जित्न सक्दछ ।
सन् २०१६ को निर्वाचनमा त्यस्तै भएको थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले करिब ४ करोड बढी लोकप्रित मत पाएकी थिइन् । तर इलेक्ट्रोरल भोट ट्रम्पको पक्षमा ३०६ पुगेको हुँदा हिलारीले हार स्वीकार गर्नु परेको थियो भने ट्रम्प विजयी घोषणा भएका थिए ।
प्रश्न उठ्छ, यो इलेक्ट्रोरल कलेज भनेको के हो ? यसले कसरी काम गर्दछ ?
अमेरिकामा ५० वटा राज्य छन् । ती साना, ठूला, मझौला विभिन्न आकारका छन् । जनसंख्या र मतदाताको आकार निक्कै फरक छ । ३ लाख देखि ३ करोडसम्म जनसंख्या भएका राज्यहरु छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनको कुल इलेक्ट्रोल कजेल ५३८ सिटको हुन्छ । यो ५२८ सिट ५० राज्यहरुमा जनसंख्या अनुपातको आधारमा बाँडिएको छ ।
अमेरिकी संविधानको धारा–११ मा यस्तो व्यवस्था छ । यो प्रावधान सन् १८०४ मा भएको १२औं संशोधनपछि व्यवस्था भएको थियो ।
राज्यहरुले पाउने सबैभन्दा कम इलेक्ट्रोल संख्या ३ हो । ३ संख्या पाउने राज्य राजधानी डिस्ट्रिक अफ कोलम्बिया सहित ८ वटा छन् । ती हुन्– अलस्का, भोरमेन्ट, डेलाबर, नर्थ डेकोटा, साउथ डेकोटा, बेइमिङ, मोन्टाना र डिस्ट्रिक अफ कोलम्बिया ।
सबैभन्दा धेरै इलेक्ट्रोरल कलेज संख्या क्यालिफोर्नियासँग छ । यो सबैभन्दा बढी जनसंख्या भएको राज्य हो, जसको जनसंख्या करिब ४ करोड छ । क्यालिफोर्नियासंग ५५ इलोक्ट्रोरल कलेज संख्या हुन्छ । दोस्रो धेरै टेक्साससँग ३८ सिट छ भने तेस्रोमा फ्लोरिडा र न्यूयोर्कसँग समान २९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग बराबर २० इलोक्ट्रोकल कजेज छ ।
राज्यको इलेक्ट्रोरल संख्या जसले प्रदेशभरीमा सबैभन्दा धेरै लोकप्रिय मत ल्याउँछ, सबै सिट त्यही पार्टीको हुन्छ । उदाहरणको लागि मानौं कि अलस्का प्रदेश भरिबाट कुनै पार्टीहरुले क्रमशः ४० हजार, ३९ हजार र ३८ हजार मत ल्याए । यहाँ पहिलो ४० हजार मत ल्याउने पार्टीले राज्यका सबै ३ सिट जितेको मानिन्छ ।
यसरी राज्यराज्यबाट जितेका इलेक्ट्रोरल संख्या जसले न्यूनतम् २७० पुर्याउँछ, उसैले चुनाव जितेको मानिन्छ । ठूला राज्यहरुमा धेरै भोट पाउने पार्टी वा उम्मेद्वारले पनि निर्धारित संख्या मात्र जित्ने हुँदा कहिले कही कुल लोकप्रिय मत एकातिर हुँदाहुँदै पनि इलेक्ट्रोरल अर्कोतिर २७० वा त्यो भन्दा बढी पुग्ने हुँदा लोकप्रिय मत कम ल्याउनेले पनि जित्न सक्दछ ।
कुन राज्यमा कुन पार्टीले पहिलेदेखि नै बढी भोट पाउँदै आएको छ भन्ने आधारमा त्यो राज्यको सबै इलेक्ट्रोरल संख्या उम्मेद्वारले प्राप्त गर्दछ भन्ने अनुमान तथा विश्लेषण हुने गर्दछ । तर कतिपय राज्यको भोट प्रवृत्ति अनुमान गर्न सकिन्न, त्यस्ता राज्यलाई ‘स्वीङ स्टेट’ भन्ने गरिन्छ ।
भोलिको निर्वाचनमा ‘स्वीङ स्टेट’ को भूमिका पेन्सिनभेनिया, मिसिगन, मिनासोटा, विस्कोन्सन, जर्जिया, फ्लोरिडा र नर्थक्यारोलिनाले गर्ने सम्भावना छ ।
यी राज्यहरुको इलेक्ट्रोरल संख्या जुन पार्टी वा उम्मेद्वारको खातामा जान्छ, त्यही उम्मेद्वारले जित्ने सम्भावना छ ।
यी सबै माझौला आकारको इलेक्ट्रोरल संख्या भएका राज्य हुन् । पेन्सिनवेनियासँग २०, मिसिगन र जर्जियासँग १६, नर्थ क्यारोलिनासँग १५, मिनासोटा र विस्कोन्सनसँग १०/१० इलेक्ट्रोरल संख्या छन् । यी राज्यको संख्या डेमोक्र्याटिक पार्टीले प्राप्त गरे जो वाइडनको ३१६ पुग्ने बताइन्छ, त्यसो नभए पुनश्चः ट्रम्प नै राष्ट्रपति निर्वाचित हुन सक्ने छन् ।
अमेरिकाले यस्तो निर्वाचन प्रणाली अपनाउनुको कारण राष्ट्रपति निर्वाचनमा थोरै जनसंख्या भएका साना राज्यहरुको भूमिकालाई समेत निर्णायक बनाउनु हो । अन्यथा धेरै जनसंख्या भएको केही सीमित राज्यको भोटले नै राष्ट्रपति उम्मेद्वारले जित्न सक्ने हुन्छ र साना राज्यहरुप्रति उसको ध्यान नपुग्न सक्दछ ।
यो प्रणालीले थोरै जनसंख्या भएका प्रदेशको महत्वलाई बढाउँछ । तर लोकप्रिय मत एकातिर धेरै हुँदाहुँदै अर्को उम्मेद्वार विजयी घोषणा हुनु लोकतन्त्रसङ्गत नहुने हुँदा यस्तो निर्वाचन प्रणाली खारेज गरी दुई चरणको राष्ट्रपतीय निर्वाचन प्रणाली अपनाउनुपर्ने माग पनि हुने गरेको छ ।
यही जटिल प्रकारको निर्वाचन प्रणालीका कारण अमेरिकामा धेरैवटा पार्टी अस्तित्वमा रहन सक्दैनन् । तसर्थ त्यहाँको लोकतन्त्रलाई द्वि–दलीय लोकतन्त्र पनि भन्ने गरिन्छ ।