scheduleसोमवार मंसिर १५ गते, २०७७

चुनाव जितेको खबर सुन्न नपाई कोरोना संक्रमणबाट मृत्यु

न्यूयोर्क, २० कात्तिक । अमेरिकामा जारी निर्वाचनमा एक मृतक उम्मेदवारले चुनाव जितेका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार डेभिड अन्डलले आफू जितेको खबर थाहा नपाउँदै कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेको हो ।

अक्टोबर महिनामा कोरोनाभाइरसका कारण मृत्यु भएका अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाव जितेको एनबीसी न्यूजले खबर लेखेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीबाट चुनाव लडेका उनको विजय घोषणा मंगलबार गरिएको हो । उनले ८औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका हुन् ।

अन्डलले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजित गर्दै चुनाव जितेका थिए । उनी बाँचिरहेका भए उनको यो दोस्रो कार्यकाल हुनेथियो ।

नर्थ डकोटाका व्यवसायी समेत रहेका ५५ वर्षीय अन्डलको अक्टोबर ५ मा मृत्यु भएको हो । मृत्युको एक महिनापछि उनले चुनाव जितेको घोषणा भयो । उनले ३५.५३ प्रतिशत मत प्राप्त गरेका छन् । उनको मृत्युपछि उक्त स्थानमा रिपब्लिकन पार्टीले अरु कसैलाई छनौट गर्न सक्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay