scheduleसोमवारमाघ १२ गते, २०७७

हलमा रिलिज भएको डेढ वर्षपछि ‘ए मेरो हजुर ३’ युट्युबमा

काठमाडौं, २० कात्तिक । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ अब युट्युबमा हेर्न पाइने भएको छ । हलमा रिलिज भएको डेढ वर्षपछि बुढासुब्बा डिजिटलबाट यूट्युबमा सार्वजनिक गरिएको हो ।

दिपावली नजिक आउँदै गर्दा बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेको चलचित्र अब दर्शकले युट्युबमा हेर्न पाउने भएका हुन् । झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले अभिनेत्री रुपमा डेब्यू गरेकी चलचित्रको निर्माण सुनिल कुमार थापाले गरेका हुन् ।

चलचित्रमा अनमोल केसी गायकको भूमिकामा छन् भने उनको फ्यानको भूमिका सुहानाले निर्वाह गरेकी छन् । हलमा जस्तै युट्युबमा पनि चलचित्रले सफलता पाउने विश्वास निर्माण पक्षले लिएको छ ।

‘ए मेरो हजुर’ सिरिजको चौंथो पार्टको छायांकन दशैंको फूलपातीबाट सुरु भइसकेको छ । तिहारसम्म चलचित्रको छायांकन सकेर यस वर्षको अन्तिमसम्म प्रदर्शन गर्ने भनिएको चलचित्रमा अनमोल र सुहानाकै जोडीले निरन्तरता पाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay