scheduleआइतवारमाघ ११ गते, २०७७

पहिलो क्‍वालिफायर खेलमा दिल्ली टस जितेर बलिङ गर्दै, सन्दीप बेन्चमै सीमित

काठमाडौं, २० कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत बिहीबार बेलुका पहिलो क्‍वालिफायर खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेपछि केहीबेरमा फिल्डिङमा उत्रँदै छ ।

यद्यपि लिग चरणका १४ वटै खेलमा मौका नपाएका सन्दीप पहिलो क्‍वालिफायर खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले कुनै परिवर्तन गरेको छैन ।

आजको खेल जित्‍ने टोली सिधै फाइनलमा प्रवेश गर्ने छ भने पराजित टोलीले अझै मौका पाउने छ । लिग चरणका दुवै भेटमा मुम्बईले बाजी मारेको थियो ।

दिल्लीले यस खेलमा जीत निकाल्दै दुवै हारको बदला लिएर आइपिएल इतिहासमा पहिलोपटक फाइनलमा पुग्‍ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay