scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिगमा साउथह्‍याम्पटनले न्युकासललाई हरायो, ब्राइटन र बर्नलीको बराबरी

काठमाडौं, २२ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा साउथह्‍याम्पटनले जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले न्युकासललाई २-० ले हराएको हो ।

साउथह्‍याम्पटनको जीतमा के एडम्स र स्टुअर्ट आर्मस्ट्रङले १-१ गोल गरे । पहिलो हाफ र दोस्रो हाफमा एक-एक गोल भएका थिए ।

खेलको सातौं मिनेटमै एडम्सले गोल गर्दै साउथह्‍याम्पटनलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा आर्मस्ट्रङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

जीतसँगै ८ खेलबाट १६ अंक जोडेको साउथह्‍याम्पटन अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल पनि १६ अंकसहित दोस्रो स्थानमा छ । पराजित न्युकासल भने ११ अंकसहित ११औं स्थानमा छ ।

ब्राइटन र बर्नलीको बराबरी

यस्तै गएराति नै सम्पन्‍न अर्को खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेलेका छन् । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

बराबरीपछि बर्नली ७ खेलबाट २ अंकसहित २०औं स्थानबाट १९औं स्थानमा उक्लिएको छ भने ब्राइटन ६ अंकसहित १६औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय