scheduleमगलवारमाघ १३ गते, २०७७

अमेरिकी निर्वाचनमा इतिहास बनाउन सफल कमला ह्यारिस, को हुन् उनी ?

एजेन्सी, २२ कात्तिक । अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन चुनिएका छन्। यो जितसँगै डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। अमेरिकामा अहिलेसम्म राष्ट्रपति र उपराष्ट्रपति पदमा महिला विजयी हुन सकेका छैनन् ।

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको ‘जोडा निर्वाचन’ हुने प्रचलन छ । उपराष्ट्रपति अमेरिकी राजनीतिक तथा प्रशासनिक प्रणालीको दोस्रो ठूलो पद हो ।

उपराष्ट्रपति राष्ट्रपतिको मुख्य सहयोगी पद हो । ४ वर्षे राष्ट्रपतिको कार्यकालको बीचमा कुनै कारणले राष्ट्रपति पद रिक्त हुन गएमा अर्को निर्वाचनसम्म राष्ट्रपतिको भूमिका गर्ने अधिकार अमेरिकी संविधानले उपराष्ट्रपतिलाई दिएको हुन्छ ।

अमेरिकाको पहिलो उपराष्ट्रपति जोहन अडम्स थिए । थोमस जेफर्सन, थियोडोर रुजबेल्ट, ह्यारी ट्रुमेन, रिचार्ड निक्सनज, जर्ज बुसजस्ता चर्चित राष्ट्रपतिहरु राष्ट्रपति हुनु अघि उपराष्ट्रपति थिए । अहिलेका डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वार जो वाइडन बाराक ओबामा कार्यकालका उपराष्ट्रपति हुन् ।

सन् १९८४ को निर्वाचनमा डेमोक्र्याटिक पार्टीले जेराल्डीन ऐन्नेलाई उपराष्ट्रपति उम्मेद्वार बनाएको थियो । उनी अमेरिकी निर्वाचनको इतिहासमा पहिलो महिला उपराष्ट्रपति उम्मेद्वार थिइन् । तर त्यो निर्वाचन डेमोक्र्याटिक उम्मेद्वारहरुले हारेका थिए । जेराल्डिन रोनाल्ड रेगन टिमका जर्ज बुससँग पराजित भएकी थिइन् ।

सन् २००८ को निर्वाचनमा सराह पोलिन रिपब्लिकन उम्मेद्वार जोहन म्याकनको टिममा उपराष्ट्रपतिको दोस्रो उम्मेद्वार थिएन । यो टिम बाराक ओबामा र जो वाइडनका जोडासँग पराजित भएको थियो । कमला अमेरिकाका ठूला पार्टीहरुबाट उपराष्ट्रपतिको उम्मेद्वार हुने तेस्रो महिला हुन् ।

कमलाकी आमा श्यमला गोपालन भारतीय मूल कि तमिल महिला थिइन् । उनी स्तन क्यान्सर विशेषज्ञका रुपमा सन् १९६० मा तलिमनाडुबाट अमेरिका गएकी थिइन् । कमलाका पिता डोनाल्ड ह्यारिस जमैकन थिए । उनी अमेरिकामा अर्थशास्त्रको प्राध्यापक थिए । कमला भारतीय आमा र जमैकन बुबाकी सन्तान हुन् ।

कमलाको जन्म सन् १९६४ को अक्टोबर २० मा क्यालिफोर्नियामा भएको थियो । सन् २०११–२०१७ मा उनी क्यालिफोर्नियाको अटोर्नी जनरल थिइन् । सन् २०१७ मा उनी सिनेटर चुनिएकी थिइन् ।

कमलालाई अमेरिकी मिडियाले साहसी, चतुर र कार्यकुशल महिलाका रुपमा चर्चा गर्ने गर्दछन् । अगष्ट ११ मा जो वाइडेनले उपराष्ट्रपति उम्मेद्वार घोषणा गर्नुअघि नै उनी डेमोक्र्याटिक पार्टीको चुनावी अभियानमा सक्रिय थिइन् ।

कमलाकी एक बहिनी छिन् माया ह्यारिस । विवाहित कमलाका आफूतर्फका सन्तान भने छैनन् । कमलाले आफ्ना कतिपय संस्मरणात्मक लेखमा आमा श्यामला, हिन्दू संस्कृति र तमिलनाडुको चर्चा गरेकी छन् ।

कमलाको छनौटले डेमोक्र्याटिक पार्टीभित्र व्यापक समर्थन पाएको थियो । यसकै कारण अफ्रिकन र एशियन आप्रवासीहरुको भोट वाइडन र कमलाको पक्षमा थप आकर्षित भएको विश्लेषकहरुको ठहर छ ।

वाइडन र कमलाको जोडीले राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको जोडीसँग प्रतिस्पर्धा गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay