scheduleमगलवारमाघ १३ गते, २०७७

बिहार चुनावको नतिजा अनुमानः ३२ वर्षीय तजेस्बीले नितिशलाई विस्थापन गर्ने सम्भावना बलियो

काठमाडौं, २३ कात्तिक । आइतबार तेस्रो चरणको मतदान भएसँगै बिहार विधानसभा निर्वाचन सम्पन्न भएको छ । अक्टोबर २८ मा पहिलो चरण र नोभेम्बर ३ मा दोस्रोचरणको मतदान भएको थियो । मतगणना बुधबारबाट शुरु हुनेछ ।

बिहार नेपालसँग सिमाना जोडिने भारतको उत्तरी प्रदेश हो । नेपालको प्रदेश १, २ र ५ सँग बिहारको सिमाना जोडिन्छ । त्यहाँ कोरोना महामारीबीच चुनाव गर्ने कि नगर्ने भन्ने विवाद भएको थियो । अन्ततः निर्वाचन आयोगले नियमित निर्वाचन नरोक्ने निर्णय गरेको थियो ।

कोरोना महामारीबीच नै बिहार चुनावमा ठूल्ठूला आमसभा भएका थिए । त्यस्ता आमसभामा प्रधानमन्त्री मोदी, मुख्यमन्त्री नितिशकुमारलगायत सबै दलका ठूल्ठूला नेताहरुले भाग लिएका थिए । चुनावको माहौलले कोरोनाको कहर बिर्साएको थियो ।

२४३ सदस्सीय बिहार विधानसभामा मुख्य दुई गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । सत्ताधारी गठबन्धनमा भाजपा-जेडियु लगायत केही साना दलहरु सामेल थिए । महागठबन्धन नाम दिइएको आरजेडी नेतृत्वको विपक्षी गठबन्धनमा कांग्रेस र कम्युनिष्ट समूहहरु सामेल छन् ।

चिराग पासवान नेतृत्वले एजजिपीले भिन्नै तेस्रो गठबन्धन बनाएको छ ।

एक्जिट पोलहरु विपक्षी गठबन्धनको नेतृत्वदायी दल आरजेडी सबैभन्दा ठूलो दलको रुपमा आउन सक्ने बताएका छन । आरजेडी नेतृत्वको महागठबन्धनले १२० सीटसम्म जित्न सक्ने त्यसमध्ये आरजेडी एक्लैको सीट आउन सक्ने बताइएको छ । सत्तारुढ एनडिए गठबन्धनले १०४–११६ सम्म ल्याउन बताएको छ ।

आरजेडीले १४४ स्थानमा आफ्ना उम्मेद्वार उठाएको छ । यो पार्टीले एक्लै ७० बढी सीट ल्याउन सक्ने आकलन छ । दोस्रो स्थानमा भाजपाले ६६ सीट ल्याउन सक्ने आकलन गरिएको छ भने मुख्यमन्त्री नितिश कुमारमो जेडियुले ३८ सीट मात्र ल्याउने आकलन गरिँदैछ ।

बाँकी सीटहरु एलजिपी वा अन्य साना दल र स्वतन्त्र उम्मेद्वारहरु बीच बाँडिन सक्ने छ । एलजिपीले १ देखि ३ सीटसम्म ल्याउन सक्ने देखाइएको छ ।

एक्जिट पोलले कुनै पनि पार्टी वा गठबन्धनको एकल बहुमत देखाएको छैन । बहुमत पुग्न कम्तीमा १२२ सीट चाहिन्छ । दुबै गठबन्धनलाई सरकार बनाउन थोरै सीटको अभाव हुन सक्ने हुँदा एलजिपीसँग सत्ताको चाबी हुन सक्ने देखिन्छ ।

नतिजा सर्वेक्षणहरुले लोकप्रिय मतमा महागठबन्धन पहिलो हुने देखाएका छन् । महागठबन्धनले ४५ प्रतिशत र सत्ताधारी एनडिए गठबन्धनले ३६ प्रतिशतसम्म भोट ल्याउने देखाएका छन्।

सत्ताधारी गठबन्धनको सरकार बनेमा नितिशकुमार चौथोपटक बिहारको मुख्यमन्त्री हुनेछन् । विपक्षी गठबन्धनको सरकार बनेमा ३२ वर्षीय तेजस्वी यादव पहिलोपटक बिहारको मुख्यमन्त्री हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay