scheduleशुक्रवार मंसिर १२ गते, २०७७

छोरी माग्न जाँदा २४ वर्षीया बाइडेनले भनेका थिए- एक दिन राष्ट्रपतिको चुनाव जित्नेछु

काठमाडौं, २३ कात्तिक । ७७ वर्षीय जो बाइडेनले अमेरिकन राष्ट्रपतिको निर्वाचन जितेसँगै २० जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन् । त्यसपछि उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन्

निर्वाचनमा विजय हासिल गरेपछि आइतबार बिहान उनले नागरिकलाई सम्बोधन गरे । उनले मुलुकमा आपसी तिक्तताको अन्त्य गर्ने, देशलाई एकजुट बनाउने र सबैको राष्ट्रपति बन्ने जस्ता कुराहरुमा जोड दिए ।

मन्तव्य दिनुअघि उनी दौडँदै मञ्चमा पुगेका थिए । चुनाव प्रचारको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई बुढो भएको आरोप लगाएका थिए ।

उनी आजभन्दा ४८ वर्ष अघि नै पहिलोपटक सिनेटर चुनिएका थिए । देशबासीलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरुले मलाई स्पष्ट जनादेश दिनुभएको छ । ७.४ करोड मानिसले रेकर्ड भोट गर्नुभएको छ । यो नै अमेरिकाको नैतिक जित हो । मार्टिन लुथर किंगले पनि यही भनेका थिए । ध्यान दिएर सुन्नुहोस् । आज अमेरिका बोलिरहेको छ । म राष्ट्रपतिको रुपमा यो देशलाई विभाजित होइन, एकतावद्ध बनाउनेछु । परिवार र पत्नीलाई पनि यो संघर्षमा साथ दिएकोमा धन्यवाद ।’

घृणाको अन्त्य गरौं, अघि बढौं
ट्रम्प र उनको समर्थकलाई बाइडेनले भने, ‘म जान्दछु कि जो मानिसहरुले ट्रम्पलाई भोट दिए, उनीहरु आज निराश होलान् । मैले पनि धेरैपटक पराजय व्यहोरेको छु । यो नै लोकतन्त्रको सुन्दरता हो कि यसमा सबैले मौका पाउँछन् । आउनुहोस्, घृणाको अन्त्य गरौं र एकअर्काको कुरा सुनेर अगाडि बढौं ।

विरोधीलाई दुश्मन सम्झन बन्द गरौं, किनकी हामी सबै अमेरिकी हौं । बाइबलले हामीलाई सिकाउँछ कि हरेक चीजको एकपटक समय हुन्छ । अब घाउहरु निको बनाउने समय आएको छ । सबैभन्दा पहिले कोभिड-१९ को नियन्त्रण गर्नु हो । र, अर्थतन्त्र र देशलाई मुल बाटोमा फर्काउनु पर्नेछ ।

सबैको साथ पाएँ
बाइडेनले अमेरिकामा अनेकतामा एकता भएको जिक्री गरे । उनले भने, ‘मलाई गर्भ छ कि हाम्रो संसारकै सबैभन्दा पुरानो लोकतन्त्रमा विविधता देखिन्छ । यसैको बलमा जितेँ । सबैलाई एकसाथ ल्याउँछु । डेमोक्रेटिक, रिपब्लिकन, निर्दलीय, प्रोग्रेसिभ, रुढीवादी, युवा, वृद्धवृद्धा, गाउँले, शहरी, समलैंगिक, ट्रान्सजेन्डर, ल्याटिन, श्वेत, अश्वेत र एसियन । हामीलाई सबैको समर्थन मिलेको छ । चुनावी अभियान एकदमै गाह्रो थियो । कयौं पटक हामी तल झर्‍यौं, अफ्रिकी-अमेरिकी कम्युनिटी हाम्रो साथमा उभिए ।

बाइडेनले पहिलो विवाह १९६६ मागरेका थिए । उनी २४ वर्षका थिए । युवतीकी आमाले सोधेकी थिइन् कि तिमी के काम गर्छौं ? बाइडेनले जवाफ दिएका थिए, ‘एक दिन अमेरिकाको राष्ट्रपतिको चुनाव जित्नेछु ।

सन् १९४२ नोभेम्बर २० मा जन्मिएका बाइडेनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा उनले यस्तो भयंकर दुर्घटना भोगे । उक्त दुर्घटनामा नेलिया र नाओमीको ज्यान गयो । दुई छोरा बो र हन्टर घाइते भए  । बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भयो  । यसरी उनी निरन्तर पारिवारिक शोकमा डुब्दै आएका छन् ।

जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटरमा विजयी हुँदै आएका थिए ।

उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनलाई बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लाग्यो । लगत्तै उनी अभियान त्याग्न बाध्य भएका थिए ।

उनको प्रखर वक्ताको छवि छ । नागरिकसँग सहजै घुलमिल हुनसक्छन् । तर उनको केही खराब बानी छ जसले उनलाई ‘अस्ताउन लागेका घाम’ को रुपमा चिनाउन पनि भूमिका खेलिरहेको छ । उनको महिलाको कपाल सुँघ्ने बानी छ । गत वर्ष उनलाई आठ महिलाहरुले आफूहरूलाई अनुचित स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको आरोप लगाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay