टिम्समा अब एकैपटक एक हजार जना जोडिन मिल्ने फिचर ल्याउने तयारी
एजेन्सी, २४ कात्तिक । माइक्रोसफ्टले आफ्नो लोकप्रिय भिडियो कन्फ्रेसिङ प्लाटर्फम टिम्समा निकट भविष्यमा एक हजार जना सहभागी हुन मिल्ने गरी फिचर ल्याउने तयारी गरेको छ ।
कोरोना महामारीका कारण विश्वमा बढिरहेको भर्चुअल मिटिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले टिम्समा सहभागी हुनेको संख्या बढाउने तयारी गरेको हो ।
अहिले टिम्समा अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेसिङमा सहभागी हुन सक्दछन् ।
यद्यपि माइक्रोसफ्ट टिम्समा सहभागी संख्याको सीमा कहिले बढ्ने भन्ने मितिको भने टुंगो लागिसकेको छैन । गएको जुलाईदेखि नै तयारी सुरु गरिएको यस फिचर आगामी डिसेम्बरमा लञ्च हुने अपेक्षा गरिएको छ ।