scheduleआइतवारफाल्गुन २३ गते, २०७७

अक्सिजन प्लान्ट नभएका सरकारी अस्पतालको विवरण पेश गर्न सरकारलाई निर्देशन

काठमाडाैं, २४ कात्तिक । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अक्सिजन प्लान्ट नभएका सरकारी अस्पतालको विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । २४ कात्तिक

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले कोरोना उपचारका लागि अक्सिजन अपरिहार्य भएपनि केहि अस्पतालमा अक्सिजन प्लान्ट नभएको जानकारी आएकाले अक्सिजन प्लान्ट नभएका मुलुकभरका सरकारी अस्पतालको विवरण पठाउन सरकारलाई निर्देशन दिएको छ ।

बैठकले भेन्टिलेटर, आइसियु प्लान्ट र ग्यास प्लान्ट नभएका भएका र नभएका सरकारी अस्पतालको विवरण माग गरिएको समिति सभापति बिमल श्रीवास्तवले जानकारी दिनुभयो । त्यस्तै अक्सिजन प्लान्ट बिग्रेका अस्पतालको तत्काल अक्सिजन प्लान्ट मर्मत गरि सूचारु गर्न पनि बैठकले निर्देशन दिएको छ । बैठकले काठमाडौं उपत्यकाका मेयरहरुसंग कोरोना उपचारको व्यवस्थापनका बारेमा छलफल गरेको थियो । छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थित गर्ने बताउनुभयो । उहाले कोरोना नियन्त्रणका लागि उपत्यकामाा थप कडाइ गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै भक्तपुर नगरपालीकाका मेयर सुनिल प्रजापतिले कोरोनाको जटिल अवस्थामा पनि भक्तपुरमा कोरोना संक्रमितको सहज रुपमा उपचार भइरहेको बताउनुभयो । उहाले होम आइशोलेशनमा बसेका संक्रमितको पनि निरन्तरण स्वास्थ्यउपचार भइरहेको जानकारी दिनुभयो ।

बाइट……….. बिद्या सुन्दर शाक्य, प्रमुख, काठमाडौं महानगरपालिका

बाईट………..सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका

बैठकमा सांसदहरुले कोरोना संक्रमित बिरामीको सहज उपचार हुनुपर्ने बताए । उनीहरुले कोरोना परिक्षणको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । त्यस्तै सांसदहरुले कोरोनाबाट समस्यामा परेका नागरिकलाई वडाबाटै व्यस्थापन गर्नुपर्ने धारणा पनि राखे ।

बाइट……… देवेन्द्र पौडेल, सांसद

बाइट……… भीमसेनदास प्रधान, सांसद

त्यस्तै सांसदहरुले कोरोना उपचार कोषमा जम्मा भएका रकमहरुको उचित ढंगले परिचालन गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay