फाइनलमा टस जितेर दिल्ली ब्याटिङमा, सन्दीप बेन्चमै सीमित
काठमाडौं, २५ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका लागि अहिले साविक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेपछि दिल्ली केहीबेरमा ब्याटिङमा उत्रँदै छ ।
लिग चरणका १४ वटै खेल तथा पहिलो र दोस्रो क्वालिफायर खेलमा समेत मौका नपाएका सन्दीप फाइनल खेलमा पनि बेन्चमा नै रहेका छन् ।
लिग चरणका दुवै भेट र पहिलो क्वालिफायर खेलमा पनि मुम्बईले बाजी मारेको थियो । दिल्लीले यस खेलमा जीत निकाल्दै तीनै हारको बदला लिएर पहिलोपटक आइपिएलको उपाधि जितेर इतिहास रच्ने दाउमा रहेको छ । मुम्बई भने पाँचौंपटक आइपिएलको उपाधि जितेर आइपिएलमा आफ्नो दबदबा कायमै राख्न चाहन्छ ।