यी हुन् हिँउदमा पाइने सब्जीका फाइदाहरु
हिउँदको समयमा आउने सब्जीहरु स्वाथ्यको लागि एकदमै फाइदाजनक हुन्छ । यस्ता सब्जीमध्ये एउटा मेथिको साग हो । यसको उत्पादन हिउँदमा हुने भएकोले अहिले बजारमा यो प्रशस्त पाइन्छ । चिसो मौसममा यसको उपभोग गर्दा शरिरलाई धेरै फाइदा हुन्छ ।
मेथि शरिरमा गर्मी पैदा गर्नका लागि सेवन गरिने हुँदा यसको पातको सेवनले पनि जाडोमा शरिरको अवस्थालाई अनूकुल राख्न मद्दत पुर्याउँछ । यो कलेजोको लागि एकदमै लाभदायक हुन्छ । साथै यसले कमजोर पाचन शक्ति, ग्याँसट्रिकको समस्या र अन्य आन्द्रासम्बन्धि रोगहरुको उपचार गर्नपनि मद्दत गर्छ । यसले पेट फुल्ने जस्ता ग्यासँ तथा आन्द्राको समस्यासँगै माथिल्लो स्वासप्रस्वास क्षेत्रमा हुने एलर्जी र संकुचनलाई पनि निर्मूल गर्ने काम गर्दछ । यसले शरिरमा कोलेस्ट्रोलको मात्रालाई पनि व्यवस्थित राख्दछ ।
मेथिको पातलाई माउथ फ्रेसरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
मेथि सागलाई छालासम्बन्धि समस्याबाट छुटकारा पाउन पनि प्रयोग गरिन्छ । यसले छालामा आउने दाग र पोतोको लागि औषधीको काम गर्दछ ।
साथै कपालको लागि पनि यो एकदमै फाइदाजनक छ । यसको लेप बनाएर कपालमा प्रयोग गर्दा कपाल लामो तथा चम्किलो हुन्छ ।
यसले पुरुषमा हुने टेस्ट्रोन हर्मनको मात्रालाई बढाउनुका साथै पुरुषको यौन इच्छालाई पनि वृद्धि गर्न मद्दत गर्छ । स्तनपान गराउने महिलामा भने दुधको उत्पादनमा वृद्धि गर्दछ ।
शरिरको बाहिरी भागमा भएको घाउचोटमा यसको लेप लगाउँदा घाउ सुनिदैँन ।