scheduleबिहिवारमाघ ८ गते, २०७७

फाटेको दूध फ्याक्नु पर्दैन, यसरी बनाउनुहोस सुन्दर कपाल र दागरहित छाला

गर्मी समयमा दूध फाट्ने समस्या एकदमै सामान्य हो । दूध फाटेपछि त्यसको कुनै प्रयोजन रहँदैन भनेर धेरैले त्यसलाई फ्याँक्ने गर्छन् । तर दूध फाट्यो भने त्यो अन्य कामका लागि प्रयोग हुन सक्छ ।

फाटेको दूध छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई छालाका लागि कसरी प्रयोग गर्ने भन्नेबारे धेरैजनालाई थाहा छैन । सबैभन्दा पहिले फाटेको दूधलाई सेलाउनु होस् । त्यसपछि फाटेको दूधको पानीले आफ्नो मुख धुनुहोस् । यसले छालालाई नरम र ओसिलो राख्छ । साथै फाटेको दूधले छाला दागरहित रहन्छ । फाटेको दूधमा माइक्रोबियल तत्व गुण हुन्छ र यसले शिर र छालाको पिएचलाई सन्तुलित राख्छ ।

कपालमा स्याम्फु प्रयोग गर्न अघि फाटेको दूधले धुनुहोस् । साथै स्याम्पु प्रयोग गरिसकेपछि पनि फाटेको दूधलाई कपालमा लगाएर १० मिनेट जति राख्नुहोस् । पुनः १० मिनेटपछि तातो पानीले कपाल धुनुहोस् । यसपछि पुनः तपाइलाई आफ्नो कपालमा कहिल्यै कन्डिशनर प्रयोग गर्नु पर्दैन ।

साथै जुसमा फाटेको दूध मिसाउनाले त्यसले दूधको पौष्टिकता बढाउँछ । यस्ता पानी पिउनाले शरीरलाई प्रशस्त प्रोटिन प्राप्त हुन्छ ।

रोटीका लागि आटा मोल्ने समयमा पानीको सट्टामा फाटेको दूध प्रयोग गर्नु भयो भने यसले रोटीलाई नरम र पौष्टिक बनाउँछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay