scheduleआइतवार जेष्ठ २ गते, २०७८

भाइटीकाकाे भाेलिपल्ट सार्वजनिक बिदा दिने सरकारकाे निर्णय (विज्ञप्तिसहित)

काठमाडाैं, २६ कात्तिक । सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत किजा पूजाका लागि सार्वजनिक बिदा दिइएको जनाएको हो । यस दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था र शिक्षण संस्थाहरुमा बन्द रहने जनाइएको छ ।

नेवाः समूदायले काग तिहार र कुकुर तिहारसँगै लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन् ।

मन्त्रिपरिषद्को गत २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय