scheduleबुधवारमाघ ७ गते, २०७७

बाइडेन कार्यकालको ४ वर्ष चीनले विश्वासिलो सहकार्य गर्न सक्दछ

एन्ड्रु लिउङ

चीनबारे एकातिर यस्तो प्रचार छ कि बाँकी विश्व चीनप्रति अमैत्रीपूर्ण बन्दै गइरहेको छ । वासिङ्टनस्थित एक निष्पक्ष तथा तटस्थ अनुसन्धान संस्था प्यू रिसर्च सेन्टरले भर्खरै गरेको एक सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले चीन प्रतिकूल उत्तर दिएका थिए । ७१ प्रतिशतले राष्ट्रपति सि जिङ पिङलाई विश्वास गर्न नसकिने बताएका थिए ।

अमेरिकामा मात्र हैन, ठीक यसै गरी अन्य पश्चिमी देशहरुमा पनि चीन र यसका नेताहरुबारे नकारात्मक विचार इतिहासकै सबैभन्दा उच्च विन्दूमा छन् ।

विश्वका उन्नत अर्थतन्त्रहरु चीनले कोरोना महाब्याधी नियन्त्रण गर्न सकेको, आफूहरुले नसकेको कारणले पनि असन्तुष्ट छन् । अहिले उनीहरु चीनलाई अर्थतन्त्रहरुको उच्च स्थानमा अनुभूत गर्दैछन् । यदि महाब्याधी नियन्त्रण सम्भव नभएको भए चीन सबैभन्दा उच्च स्थानमा हुँदैनथ्यो ।

अमेरिकी नीति विशेषज्ञहरु चीनले अमेरिकाको विश्व प्रभुत्व खोस्दै गएको ठान्दछन् । दक्षिण चीन सागरमा चीनको आक्रमकता उनीहरुलाई मनपर्ने कुरै भएन । उनीहरु यसलाई इन्डो-प्यासिफिक क्षेत्रबाट चीनलाई बाहिर निकाल्ने प्रयास ठान्दछन् ।

अझ खराब सोच के छ भने चिनियाँ हाइ-टेक कम्पनीहरुले उसका अमेरिकी समकक्षी कम्पनीहरुको भाग खोसिरहेका छन् । चीन अहिले ‘ब्वाँसो योद्धा’ झै लडिरहेको छ, चीनको विजय अमेरिकाको पतन हुनेछ भनेर अमेरिकाकोे घाउमा नुनचुक थप्ने प्रयास हुँदैछ ।

अमेरिकामा फैलाइएको चीनप्रतिको यस्तो नकारात्मक भावनाको कारण त्यहाँको राजनीतिक विभाजन पनि थियो । तर, सत्तामा आउन लागेको बाइडेन प्रशासन चीनप्रति नरम हुन सक्ने सम्भावना छ । यो नयाँ स्थितिले एकपक्षीयतावादी सोचलाई बदल्न र युरोपेली लगायत बहुपक्षीय सम्बन्ध विकास गर्न सहज हुनेछ । बेइजिङले सोही अनुरुप आफूलाई बदल्नुपर्ने दवाब महसुस गरेको हुनु पर्दछ ।

अझ स्पष्टसँग भन्दा आफ्नो कार्यकालको पहिलो वर्षमा नै बाइडेनले ‘लोकतन्त्र शिखर सम्मेलन’ गर्ने योजना गरेका छन्, यसले चीनका लागि थप जोखिमहरु बढाउन सक्दछन् ।

सन् २०१८ यता संसारका १९० मध्ये १२८ वटा देशसँग चीनको व्यापार अमेरिकाको भन्दा धेरै थियो । यी मध्ये धेरैले चीनको बढ्दो आर्थिक शक्तिसँग प्रतिरोध गर्ने मनसाय राखेका हुन सक्दछन् । कतिपयले त खुलेरै त्यसको पक्षपोषण गर्न सक्दछन् । जब विश्वशक्ति र यसका साझेदारहरुले चीनलाई डर देखाउन थाल्दछन्, चीन प्रयत्न पर्याप्त नहुन सक्दछ ।

बहिर्गमित राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा आगमित राष्ट्रपति बाइडेन बढी सुसंगत र कम सनकी छन् । चीनका लागि अहिले चाहिएको यही हो । उनले चीनसँग जलवायु परिवर्तन र उत्तर कोरियको सवालमा स्वच्छ भूमिका र सहयोग खोज्न सक्दछन् ।
अर्को शब्दमा भन्दा बाइडेनको कार्यकाल चीनका लागि बाटो बदल्ने र असल परिणाम निकाल्ने अवसर हुन सक्दछ । यद्यपि ट्रम्पले ७ करोड १० लाख बढी भोट पाइसकेका छन् जो अमेरिका इतिहासमा हार्ने राष्ट्रपतिले पाएको सबैभन्दा धेरै भोट हो । यसले के देखाउँछ भने ट्रम्प गए पनि ट्रम्पिज्म अझै बलियो नै रहने छ । बाइडेनको ४ वर्षे कार्यकाल चीनका लागि अवसरको झ्याल हुन सक्दछ तर अमेरिका-चीन सम्बन्धको जटिलताबाट बाहिर निस्कने ढोका हुन भने गाह्रो छ ।

यो क्षणलाई चीनले यसरी प्रयोग गर्न सक्नु पर्दछ ।

एन्ड्रु लिउङ

 

एक– चीनले यो सन्देश बलियो गरी प्रवाहित गर्न सक्नु पर्दछ कि चीन अमेरिकालाई विश्व शक्तिबाट बेदखली गर्ने न क्षमता राख्दछ न इच्छा नै गर्दछ । चीन अहिले नै अमेरिकाको प्रतिस्पर्धी भइसकेको छैन । अमेरिका जसको ८० देशहरुमा सैन्य उपस्थिति छ, विश्वको कुल रक्षा बजेटको ३८ प्रतिशत बजेट खर्च गर्दछ, आफूपछिका १० देशहरुको कुल रक्षा बजेट बाराबर उसको एक्लै छ । चीनको पुँजीगत खाताले यो धान्न सक्दैन । चिनियाँ मुद्राले छिट्टै अमेरिकन डलरलाई जित्ने कुनै बाटो छैन ।

दोस्रो– यो ‘ब्वाँसो योद्धा’ को प्रचारबाजीलाई कुटनीति र सामाजिक सञ्चार दुवैतिरबाट रोक्नु पर्दछ । चीनले आलोचकहरुको अझ राम्रो जवाफ दिन सक्नु पर्दछ । केबल चीनले कसैको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने छैन भन्दै बस्नु पर्याप्त हुँदैन ।

तेस्रो– कोरोना महाब्याधी रोक्न अमेरिका र विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न राजी हुनु पर्दछ । यसभित्र खोपको उत्पादन, विकास र न्यायिक वितरणजस्ता पक्षहरु समावेश हुनु पर्दछ । विशेषतः अग्रमोर्चाका स्वास्थ्यकर्मी, उच्च जोखिममा रहेका मानिस र अत्यावश्यकहरुलाई खोप तुरुन्त उपलब्ध गरउँने कार्यमा सहकार्य गर्नु पर्दछ ।

चौथो– जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा बाइडेन प्रशासनसँग सक्रिय सहकार्य गर्नु पर्दछ । चीनले सन् २०३० सम्म उच्च तापविन्दू सुधार र सन् २०६० सम्म कार्बन तटस्थतामार्फत् हरित विश्वको पुनप्राप्तिका लागि सहयोग गर्न सक्दछ ।

पाँचौं– चीनले दक्षिण चीन सागरमा अमेरिकी नौसैनिकसँग संयुक्त गस्ती गर्न थाल्नु पर्दछ । अमेरिकाको स्वतन्त्र परिवहन दाबीको चुनौतिलाई व्यवस्थापन गर्दै समुन्द्र क्षेत्रमा चीनको सार्वभौमसत्ता रषा गर्नु पर्दछ । यसो गर्न सकिए अरु देशलाई बलियो आश्वासनको सन्देश जान सक्दछ ।

छैठौं– दक्षिण चीन सागरको अन्य छिमेकी देशहरुसँगको सीमा विवाद हल गर्नु पर्दछ । समुन्द्र क्षेत्रमा प्राकृतिक स्रोतसाधन, मत्स्य स्रोत, बसोबास र ऊर्जा उत्खननमा संयुक्त व्यवस्थापन र खोजी कार्य गर्नु पर्दछ ।

सातौं– स्वतन्त्र तथा निष्पक्ष व्यापार नीतिलाई अंगाल्नु पर्दछ । कम्प्रिहेन्सिप एण्ड प्रोग्रेसिभ ट्रान्स प्यासिफक पार्टनरसीप एग्रिमेन्ट (सिपिटिपिपिए) मा बाइडेन प्रशासनको संलग्न हुने रुचि हुनेछ । चीन, साउद कोरिया, अष्ट्रेलिया, न्युजील्याण्ड लगायत १० देशहरुले यो हप्ता रेजिनल कम्प्रिहेन्सिीप इकोनोमिक पार्टनरसीप एग्रिमेन्ट बनाएका छन् । यसमा केही लचिला शर्तहरु थपेर भारतलाई समावेश गर्न सकिन्छ ।

आठौं– चीनले उत्तर कोरियालाई भियतनामलाई जस्तै उदाउँदो आर्थिक शक्ति हुनका लागि मद्दत गर्न सक्दछ । भियतनाम युद्ध यस कार्यका लागि एक स्मरणयोग्य घटना हुन सक्दछ ।

नवौं– रोड एण्ड बेल्ट इनिसिएटिभलाई पुनर्गठन गर्नुपर्दछ । यसलाई अझ बढी पारदर्शी, अझ बढी सहभागितामुलक र साझेदारहरु थप्ने प्रकृतिको बनाउनु पर्दछ । ऋणको जोड वातावरणीय दीगोपना, सामाजिक तथा शासकीय लक्ष्यहरु हुनुपर्दछ र यस प्रक्रियामा नागरिक समाजको समेत सहभागिता हुनु पर्दछ । चीनले विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास योजनासंग नजिकबाट काम गर्नु पर्दछ ।

चीनले १४ औं पञ्चवर्षीय योजनामा समावेश गर्न सक्ने थुप्रै सुधारका कोषेढुंगा हुन सक्दछन् । जस्तै, बजार पारस्पारिकता, राज्य– नियन्त्रित निगमहरुलाई दिइने अनुदान, पारदर्शीता, विधिको शासन, मानव अधिकार, प्राविधिक आत्मनिर्भरता र गुणस्तर वृद्धि ।

जेजस्तो भए पनि चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१३ को तेस्रो प्लेनमले बजार सुधारको ठूलो अंश प्रत्याभूत गर्‍यो । यसले मध्यम आयवर्गको जालो तोड्न, पुँजी अभावलाई हल गर्न, उत्पादकत्व वृद्धि गर्न र ऋणको आधित्यकतालाई कम गर्न सहयोग गर्‍यो ।

चीनले भर्खरै सन् २०३५ सम्म आफ्नो अर्थतन्त्रको आकारलाई दुगुना गर्ने र मध्यम आयस्तरको देश हुने प्रतिबद्धता जनाएको छ । यी प्राप्त हुन नसक्ने लक्ष्यहहरु हैनन् । वैदेशिक शक्तिहरुको सदभाव विनै पनि चीनले आउने १५ वर्ष निरन्त ४.८ प्रतिशतको वृद्धिदर हासिल गर्न सक्दछ । यदि विश्व समुदायसँगको विश्वास र सहकार्य मजबुत हुने हो भने यी लक्ष्यहरु हासिल गर्न झनै सहज हुनेछ । सम्भवत चिनियाँ सपना हासिल गर्न सहज हुनेछ ।

चीन कोरोना महाब्याधीबीच पहिलो अर्थतन्त्रका रुपमा उदाइरहेको छ, यसले बाइडेन प्रशासनलाई झनै नजिक बोलाउने छ । अब चीनका लागि यस्तो समय आइसकेको छ कि वर्तमान विभाजित विश्वमा शान्ति, स्थायीत्व, समृद्धि र मेलमिलापको भरपर्दो विश्वशक्ति बन्न सकोस् ।

साउथ चाइना मोर्निङ पोष्टबाट भावानुवाद ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay