scheduleसोमवारमाघ १२ गते, २०७७

नेटटिभीमा सोमबारदेखि अक्षय कुमारको ‘लक्ष्मी’ हेर्न सकिने

काठमाडौं, ३० कात्तिक । नेटटिभीमा बलिउडको ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’लाई नोभेम्बर १६ सोमबारदेखि हेर्न पाइने भएको छ ।

नेपालको दुवै प्लेटफर्म नेटटिभी सेटटप बक्स र नेटटिभी एपमार्फत हेर्न सकिने गरी ग्राहक समक्ष ल्याइएको नेटटिभीले जानकारी दिएको छ ।

अक्षय कुमारद्वारा अभिनित यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज हो र यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको हो ।

नेटटिभीको सदस्यता रहेका वर्ल्डलिंकका ग्राहकहरूले लक्ष्मीलाई रिलिज भएको पहिलो दिनमै नेटटिभी सेट-अप बक्समार्फत् हेर्न सक्ने वर्ल्डलिंकले जनाएको छ । अरू गैरवर्ल्डलिंक ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोबाइलमा चलचित्र हेर्न सक्ने वर्ल्डलिंकले जनाएको छ ।

नेटटिभी नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो । नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एपमार्फत नेपाली जनताहरूका लागि मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको दावी गर्दै आएको छ ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारी भन्छन्, ‘अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरन्जनका विकल्पहरू कम भएका छन् र चलचित्र प्रेमीहरू निराश छन् ।’

‘लक्ष्मी’ बलिउडको ठूलो बजेटको चलचित्र हो । यस चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्ममार्फत् नेपालका सबै मानिसहरूलाई हेर्नका लागि ल्याउन पाउँदा अत्यन्तै उत्साहित भएको राजभण्डारीले अनुभूति राखे ।

‘कठिन महामारीको बाबजुद पनि नेटटिभी सेट-टप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरन्जन कार्यक्रमहरु ल्याउने हाम्रो प्रयास छ । ताकि सबै नेपालीहरु सुरक्षित साथ आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सक्नेछन । ”

‘सबै नेटटिभी ग्राहकहरूलाई निर्धक्क रूपमा चलचित्र हेर्नको लागि अनुरोध गर्दछु साथै नेटटिभीले ग्राहकहरूको लागी विशेष तथा अनौंठो सुविधा सुरु गरेको छ । पहिला चलचित्र हेर्नुहोस र भुक्तानी पछि गर्नुहोस्,’ उनले भने ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay