scheduleसोमवार मंसिर १५ गते, २०७७

१९ लाख डलरको परेवा

काठमाडौं, २ मंसिर । सामान्य मानिसहरुको अनुमानविपरित एक चिनियाँ व्यापारीले कल्पनै गर्न नसकिने मूल्यमा एउटा परेवा खरिद गरेका छन् ।

बेल्जियमको एउटा रेसिङ परेवालाई एक चिनियाँ व्यापारीले १६ लाख युरो अर्थात् १९ लाख अमेरिकन डलरमा खरिद गरेका हुन् ।

परेवा उडाउने प्रतिस्पर्धामा सहभागी उक्त परेवालाई ती व्यापारीले अहिलेसम्मकै उच्च मूल्यमा खरिद गरेका हुन् । न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो । रोयटर्सका अनुसार उक्त परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले आश्चर्यचकित भएको छ ।

यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवाले मूल्यमा कीर्तिमान् राख्दै १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो ।

कीर्तिमानी मूल्य पाएको परेवाले सन् २०१८ मा राष्ट्रिय मध्यम-दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितिसकेको छ । चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay