scheduleबिहिवारफाल्गुन २० गते, २०७७

यसपालीको तिहारमा बालगोपालेश्वर मन्दिन दुई दिन खुल्ला

काठमाडौं, २ मंसिर । यस वर्षको तिहारमा रानीपोखरीको बालगोपालेश्वर मन्दिर दुई दिन खुल्ला गरिएको छ ।

मंगलबार नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । यसअघि सोमबार पनि भाइटिकाका अवसरमा बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको थियो ।

सो मन्दिर बर्षको एक दिन भाइटिकाका दिनमात्र सर्वसाधारणका लागि खुल्ला गरिदै आएको थियो ।

दिदी बहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ ।

यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो ।

उक्त मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ५ वर्ष सम्म पुनर्निर्माणका कारण बन्द रहेको थियो । तर अहिले पुनर्निर्माण सम्पन्न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुला गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay