राष्ट्रपति भेट्न प्रचण्ड शितलनिवासमा
काठमाडौं, २ मङ्सिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् ।
मङ्गलबार दिउँसो प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर प्रचण्ड भेट्न महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए ।
स्रोतका अनुसार उक्त भेटमा पौडेलले सचिवालय बैठक सार्न प्रस्ताव राखेका थिए भने उक्त प्रस्ताव नरुचाएका प्रचण्डले सचिवालय बैठकपछि मात्र बैठक सार्न सकिने बताएका थिए ।