scheduleशुक्रवार मंसिर १२ गते, २०७७

विप्लव माओवादी सैन्य तालिममा व्यस्त

फाइल फोटो

काठमाडौं, ३ मङ्सिर । पूर्वमाओवादीमा रहेर संगै १० वर्ष जनयुद्ध गरेका प्रचण्ड र विप्लव यतिबेला आमने सामने छन् । संसदीय व्यवस्था मानेर एमालेसँग पार्टी एकता गरेपछि प्रचण्ड केपी ओलीसँग झगडा गर्न व्यस्त छन् भने विप्लव जनमुक्ति सेना गठन गरी पुन युद्धको तयारीमा छन् । अचम्म कुरा के छ भने विप्लव नेतृत्वको नेकपा माओवादीलाई प्रचण्ड कार्यकारी अध्यक्ष रहेको पार्टीकै सरकारले प्रतिबन्ध लगाएको छ ।

यता विप्लवले भने मंसीर ८ गते पार्टी स्थापना दिवस मनाउने तयारीसँगै पार्टीको सैन्य दस्ता जनमुक्ति सेनाको समेत घोषणा गर्ने जनाएको छ । सोही तयारी स्वरुप विप्लवले देशका विभिन्न क्षेत्रमा भूमिगत रुपमा सैन्य तालिम गरिरहेको छ । हालै विप्लव माओवादीको गण्डक ब्युरोको शैन्य तालिम सम्पन्न गरेको स्रोतले जनाएको छ ।

सो पार्टीद्धारा गठित जनमुक्ति सेनाको गण्डक ब्युरो अन्तर्गतको शैन्य तालिम सम्पन्न गरेको हो । तनहुँको देवघाट गाउँपालिका अन्तर्गत पर्ने पहाडी क्षेत्रमा तालिम सम्पन्न गरेको बुझिएको छ । पार्टी महासचिव विप्लवले यसअघि विज्ञप्ती जारी गर्दै मंसीर ७, ८ र ९ गते पार्टी घोषणा वार्षिकोत्सव सँगै स्थापना दिवस मनाउने कार्यतालिका समेत सार्वजनिक गरेका थिए ।

पार्टी स्थापना दिवसकै सन्दर्भमा यो तालिम भएको अनुमान गरिएको छ । पार्टीद्धारा गठीत केन्द्रिय जनसरकार प्रमुख सन्तोष बुढाको प्रमुख आतिथ्यतामा भएको शैन्य तालिममा उदय चलाउने, साबीत्री दुरा‘आस्था’ जनमुक्ति सेना नेपाल गण्डक ब्युरो ईन्चार्ज निसाना लगायतले प्रशिक्षण दिएको स्रोतको दाबी छ ।

सैन्य तालिममा राजनीतिक, सांगठनीक र हतियारबारे समेत प्रशिक्षण दिइएको समाचार छ । वर्तमान सरकारले दमनको नीति लिएकोले प्रतिरक्षाका लागि यो तालिम दिईएको र गण्डक बाहेक अन्य ब्युरोमा पनि तालिम सम्पन्न भएको बताइएको छ ।

पार्टी स्थापनाको दिन नै विप्लव माओवादीले जनमुक्ति सेना दिवस समेत मनाउने जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay