मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु, चालक फरार भएपछि स्थानीय आन्दोलित
सुर्खेत, ३ मङ्सिर । मोटरसाइकलको ठक्करबाट बुधबार सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् ।
पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुर्खेत जुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।