scheduleशुक्रवार मंसिर १२ गते, २०७७

प्रचण्डको नातिनीको गीतमा राजेश हमालको अभिनय

काठमाडौँ, ४ मङ्सिर । गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ ।

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिएका छन् । स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो आज सार्वजनिक भएको हो ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्‍याउने हकरको भूमिकामा देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सरोज ओलीको निर्देशनमा तयार भएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay