scheduleबिहिवारमाघ १५ गते, २०७७

पिसीआर परीक्षण नगरी हुम्ला पुगेका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

हुम्ला, ५ मङ्सिर । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमीकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमीकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिमीकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुनेबित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमीकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ । आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ ।

दुवै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट पिसीआर परीक्षणबिनै हुम्ला सदरमुकाम सिमकोट आइपुगेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay