कोभिड-१९ संक्रमणबाट पोखरामा ४ जनाको मृत्यु
कास्की, ५ मंसिर । कोभिड-१९ संक्रमण भई उपचारको क्रममा पोखरास्थिति पश्चिमाञ्चलन क्षेत्री अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।
अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार मृत्यु हुनेमा पोखरा-९ का ६८ वर्षीय पुरुष, पोखरा-२१ का ७५ वर्षीय पुरुष, पोखरा-१७ का २९ वर्षीय पुरुष र पोखरा-१३का ५५ वर्षीय पुरुष रहेका छन् ।