scheduleआइतवारमाघ ११ गते, २०७७

मेयर विद्यासुन्दरले उद्घाटन गरे स्वम्भूमा सार्वजनिक शौचालय

काठमाडौं, ५ मंसिर । काठमाडौँ महानगरपालिकाल सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । यही योजना अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भु बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गरे ।

४०० वर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए ।

‘सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिए,’ उनले भने, ‘त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना अनुसार आज यो सौचालयको शुभारम्भ गरेका छौँ ।’

शाक्यले व्यक्तिको आधारभूत आवश्यकतासँग जोडिएकाले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिक योजना राखेर काम गरिरहेको भन्दै आधुनिक सामाग्रीको जडान गरेपछि त्यसलाई सञ्चालन गर्ने आचरण पनि प्रबिधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । ‘प्रविधिको प्रयोगबाट परिणाम आउँछ,’ उनले भने, ‘स्वयम्भूमा अत्याधुनिक शौचालय निर्माण भएको छ । यसको प्रयोग र व्यवस्थापन सीप सिकाइ विस्तार गर्दै लगिनेछ ।’

काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरुप काम गरिरहेको पनि उनले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि सौचालयलाई प्राथमिकतामा राखेको छ भने वडा–वडामा पनि यही नीति अघि बढाएको छ ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन सञ्चालन सुरु गरिन् । त्यसपछि सम्बोधन गदै सार्वजनिक शौचालयको पहुँच पढाउँदै लैजान महानगरकाले पटक—पटक अध्ययन गरेको स्मरण गराइन् ।

 

‘केही नमूना शिफारिस पनि भएका छन्,’ अध्ययन समितिको संयोजक भएर काम गरेको अनुभव सुनाउँदै उपप्रमुख श्रेष्ठले भनिन्,’ ‘सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजनाअनुसार काम भइरहेको छ ।’

उनले अगाडि थपिन्, यसलाई सेवा वितरणको न्युनतम र आधारभूत सुबिधाका रुपमा हेरेर विकास गरिरहेका छौं । यस अघि सामाजिक उत्तरदायित्वअन्तर्गत एभेष्ट बैङ्कले नयाँ बानेश्वमा स्थापना गरेको शौचालय एरोसानले व्यवस्थापन गरेर वायोग्याँस उत्पादन गरिरहेको छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay