scheduleसोमवार मंसिर १५ गते, २०७७

महिला टी-२० विश्‍वकप एक वर्ष पछाडि धकेलियो

काठमाडौं, ६ मङ्सिर । आईसीसी महिला टी-२० विश्‍वकप एक वर्ष पछाडि सरेको छ । सन् २०२२ मा हुने भनिएको महिला विश्‍वकप क्रिकेट एक वर्ष पछाडि धकेलिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष सार्ने निर्णय गरेको हो । अब महिला विश्‍वकप सन् २०२३ मा दक्षिण अफ्रिाकामा हुनेछ ।

विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म हुनेछ । यसअघि महिला विश्‍वकप २०२२ को अन्तिममा हुने बताइएको थियो ।

महिला टी-ट्‍‌वान्टी विश्‍वकपको उपाधि हालसम्म अस्ट्रेलियाले सर्वाधिक पाँचपटक जितेको छ । अस्ट्रेलियाले पछिल्लोपटक सन् २०२० मा महिला विश्वकपको फाइनलमा भारतलाई हराउँदै उपाधि उचालेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay