scheduleसोमवार मंसिर १५ गते, २०७७

लिग वान: दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी मोनाकोसँग स्तब्ध

काठमाडौं, ६ मङ्सिर । फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा साविक विजेता एवम् लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार व्यहोरेको छ ।

अन्तिम केही समय १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली मोनाकोसँग ३–२ ले पराजित भएको हो । मोनाकोको जीतमा केभिन भोलान्डले दुई तथा सेस फाब्रेगासले एक गोल गरे । पिएसजीका लागि किलियन एमबाप्पेले सुरुवाती दुवै गोल गरेका थिए ।

खेलमा पाहुना टोली पिएसजीका लागि २५औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ३७औं मिनेटमा एमबाप्पेले नै पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा तीन गोल खायो ।

खेलको ५२औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किएको मोनकोका लागि  ६५औं मिनेटमा भोलान्डले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आएको थियो ।

८४औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मोनाकोलाई पेनाल्टी प्रदान गर्दा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाइएपछि पिएसजी १० खेलाीमा समेटिन पुग्यो ।

त्यसमा प्राप्त पेनाल्टीमा सेस फाब्रेगासले गोल गर्दै मोनाकोलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजीले ३–२ को हार भोग्यो ।

लिग वानमा पिएसजीको यो तेस्रो हार हो । हारका बाबजुद पनि पिएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पिएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay