scheduleसोमवार मंसिर १५ गते, २०७७

जेभरेभलाई हराउँदै जोकोभिच एटिपी टेनिसको सेमिफाइनलमा

काठमाडौं, ६ मङ्सिर । विश्‍व नम्बर एक खेलाडी नोभाक जोकोभिच एटिपी टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति सम्पन्‍न खेलमा एलेक्सेन्डर जेभरेभलाई सोझो सेटमा हराएपछि जोकोभिचको सेमिफाइनलमा स्थान सुरक्षित भएको हो ।

जोकोभिचले जेभरेभलाई ६-३ ७-६ (७-४) ले हराएका थिए । यसअघि बिहीबार डानियल मेडभेडेभसँग पराजित भएपछि जोकोभिचलाई राउन्ड रोबिनको यस अन्तिम खेलमा जित्‍नैपर्ने दबाब रहेको थियो ।

त्यसका साथै अर्को खेलमा मेडभेडेभले डियगो श्‍वार्ट्ज्म्यानलाई हराएपछि जोकोभिचको अगाडिको यात्रा पक्का भएको हो ।

फाइनल प्रवेशका लागि जोकोभिचले अब डोमिनिक थिमको सामना गर्ने छन् । अर्को सेमिफाइनलमा राफायल नाडाल र मेडभेडेभ खेल्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay