scheduleशुक्रवार आश्विन १ गते, २०७८

क्रियाशील सदस्यको विवरण मंसिर मसान्तभित्र पठाइसक्न काँग्रेसको निर्देशन

काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसले क्रियाशील सदस्यको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ । विवरण पठाउँदा नयाँ र नवीकरण गरेका सदस्यहरुको विवरण पठाउनु पर्ने निर्देशन दिइएको छ ।

१४ औँ महाधिवेशन नजिकिएको भन्दै काँग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो । काँग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ ।

कोरोनाभाइरस महामारीका कारण क्रियाशील वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए । काँग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि तल्ला तहमा रहेका पार्टी संरचनालाई भनिएको छ ।

काँग्रेस पार्टी कार्यालयका अनुसार उसका अहिले पाँच लाखको हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील सदस्यता वितरणका काम भइरहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय